close

व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै महानगर

व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं। काठमाडौं महानगरपालिकाले नागरिकहरुको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ । रोग, उपचार र औषधि सेवान सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थाल्ने तयारिमा महानगर छ। 

सहरमा नसर्ने तर दीर्घ रोगका विरामीहरुको संख्या बढ्दै गएको छ । यस्ता विरामीहरुले निश्चित मात्रा पूरा गर्न नियमित औषधि सेवन गर्नुपर्छ । यसको निगरानी वडास्तरीय स्वास्थ्य प्रवर्धन केन्द्रबाट गर्ने योजना महानगरले गरिरहेकाे जनाएकाे छ। स्वास्थ्य प्रवर्धन केन्द्रहरुको स्तरोन्नति गर्ने विषयमा सोमबार बसेको बैठकमा महानगरका स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवालले, स्वास्थ्य प्रवर्धन केन्द्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुन्छ भन्ने अनुभूति हुने व्यवस्था गर्न लागिएको बताए। 

‘कसलाई के समस्या छ ?, उपचार कहिलेबाट थालनी भएको हो?, कुन औषधि प्रयोग गरिरहनु भएको छ?, औषधिको समयावधि कति हो?, प्रयोगशाला जाँच कहिले भएको थियो?, अब कहिले गर्नुपर्छ?, क्लिनिकमा कहिले जानुपर्छ?, औषधि लिन कहिले जानु पर्छ?, घरमा भएको औषधिले कहिलेसम्म पुग्छ?, यस सम्बन्धी नोटिफिकेसन दिएर विरामीको  उपचार र स्वस्थ्य जीवनयापनमा सहज बनाइनेछ ’, डा अग्रवाल भन्छन्, ‘दीर्घ रोग भएका व्यक्तिको उपचारसँग सम्बन्धित विवरण डिजिटल प्रणालीमा राखेर काम थालनी गर्छौँ । यसलाई विस्तार र वृहत बनाउँदै सबै व्यक्तिको स्वास्थ्य अवस्था बुझ्न सकिने, समग्र स्वास्थ्य सम्बन्धी अवस्थाका विषयमा जानकारी लिन सकिने प्रणाली बनाउँछौँ।’ 

आधारभूत स्वास्थ्य अवस्थाको सर्भेक्षणबाट थप कार्यक्रममा टेवा पुग्ने महाशाखा प्रमुख सजिना महर्जनले बताइन्। सबै सेवाका आधारभूत तथ्याङ्क एउटै हुन् । सर्वेक्षणमा यसलाई ध्यान दिएर उपयोगी विवरण ल्याउने गरी प्रश्नावली तयार पार्नुपर्छ । बैठकमा तथ्याङ्क अधिकृतहरु कृष्णराज तिवारी र पवनकुमार ठाकुरको भनाइ छ । 

सेवा स्मार्ट पालिकाका निर्देशक मनोज भट्टराईले महानगरको नागरिक विद्युतीय सुशासन सेवामा स्वास्थ्य सर्वेक्षणलाई जोड्न सकिने बताए। सूचना तथा तथ्याङ्क संकलन, प्रशोधन, विश्लेषण तथा भण्डारणका लागि यसभित्र पर्याप्त ठाउँ बनाइएको उनले बताए।