close

सकार पहिलो पोषणमैत्री स्वास्थ्यचौकी घोषणा

सकार पहिलो पोषणमैत्री स्वास्थ्यचौकी घोषणा

Trulli
ADVERTISEMENT

बैतडी । सकार स्वास्थ्यचौकीलाई पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको  छ । जिल्लाको  पाटन नगरपालिका–१ को सकार स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।

पोषण स्वास्थ्यका लागि निर्धारण गरिएका १६ वटा सूचक र १० वटा अनिवार्य मापदण्ड पूरा भएकाले उक्त स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको जनाएको छ ।

स्वास्थ्यकर्मीले तालिम लिएको, स्वास्थ्य संस्थामा पानीको व्यवस्थापन भएको, आवश्यक उपकरण भएको, औषधि र पोषणका लागि चाहिने भिटामिन ए, बालभिटा र जुकाको औषधि पर्याप्त मात्रामा भएकोलगायत स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पूरा गरेकाले उक्त स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगशप्रसाद भट्टले बताए ।

घोषणा कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य कार्यालय प्रमुख, वडाध्यक्ष, स्वास्थ्यकर्मीलगायत स्थानीय नागरिकको  सहभागिता थियो ।