close

अपाङ्गता भएकालाई ‘ह्वील चियर’ सहयोग

अपाङ्गता भएकालाई ‘ह्वील चियर’ सहयोग

Trulli
ADVERTISEMENT

तनहुँ- व्यास नगरपालिका–१ भादगाउँका अपाङ्गता भएकी ७० वर्षीया मिठु विकलाई ‘ह्वील चियर’ प्राप्त गरेका छन् ।  यसले हिँड्डुलमा सहायता पुगेको उनले बताए । व्यास नगर उपप्रमुख इन्दिरा दरैले विकलाई ह्वील चियर प्रदान गरेका थिए ।

 'हामीले पनि स्थानीय सरकार भएको महसुस गर्न पायौंँ, हामी जस्ता हिँड्डुल गर्न नै सकस भएका मान्छेलाई सजिलो बनाएको छ,' विकले भने । 
    
उनी जस्तै अपाङ्गता भएका सोही ठाउँका ५२ वर्षीय कृष्णबहादुर रानाभाटले ह्वील चियर नहुँदा हातले टेकेर हिँड्नुपरेको थियो । ह्वील चियर पाएपछि सहज भएको उनले बताए । 'अपाङ्गता भएका संस्थाले मात्रै सहकार्य गरी पठाउने गरेकामा अहिले नगर उपप्रमुख घरमै आएर ह्वील चियर दिँदा असाध्यै खुसी लाग्यो, हाम्रो दुख बुझिदिनुभयो, यही नै हाम्रो खुसी हो', उनले भने। 
    
नगरपालिकाले हिँड्डुलमा सहज र सहयोग पु¥याउने उद्देश्यले सामग्री वितरण गरेको हो । उपप्रमुख दरैले शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिलाई हिँडडुल गर्न असहज भएकाले ह्विल चियर प्रदान गरिएको बताए । 'अपाङ्गता भएका व्यक्तिलाई नगरपालिकाले सहयोग गर्दै आइरहेको छ, अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा बाँच्न नगरपालिकाले अपाङ्गमैत्री वातावरण सिर्जना गर्दै आइरहेको छ', उनले भने ।  नगरपालिकाले अपाङ्गता भएका व्यक्ति आवद्ध सङ्घ संस्थासँग समन्वय गरी विभिन्न सामग्री खरिद तथा वितरण गर्दै आएकोे छ ।