close

डेङ्गुबाट बच्न सतर्कता अपनाउन आग्रह

डेङ्गुबाट बच्न सतर्कता अपनाउन आग्रह

Trulli
ADVERTISEMENT

चितवन– रत्ननगर नगरपालिकाले नगरवासीमा सतर्कता अपनाउन आग्रह गरेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको सङ्क्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै सबै नगरवासीमा सतर्कता अपनाउन आग्रह गरेको हाे ।

नगरपालिकाले लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सहभागी हुन सबै टोलवासीमा अनुरोध समेत गरेको छ ।रत्ननगर नगरपालिकाले लामखुट्टेको बासस्थान र लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरू गरेको जानकारी दिँदै जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले बताए । उनले एडिज जातको लामखुट्टे सफा पानीमा बस्ने, त्यहीँ फुल पार्ने र लार्भा वृद्धि गर्ने भएकाले घरवरपर रहेका टिनका डब्बा, थोत्रा टायर, गमला, फुलदानीलगायतमा पानी जम्न नदिन आग्रह गरे । उनले १६ वटै वडाका स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्यसेविका एवं टोल विकास समितिका अध्यक्षहरुलाई डेङ्गु रोगबारे सचेतना फैलाउन आग्रह गरेका छन् ।

चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ पुग्यो

चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ । तीन दिनअघि आठ जना डेङ्गु सङ्क्रमित रहेको आइतबार बढेर १३ पुगेको हो । स्वास्थ्य कार्यालय चितवनको अनुसार विभिन्न अस्पतालमा एक सय २१ जनाको परीक्षण गर्दा १३ जनामा सो सङ्क्रमण देखिएको छ ।