close

भरतपुरमा डेङ्गु परीक्षण शुल्क ६०० रुपै‌या

भरतपुरमा डेङ्गु परीक्षण शुल्क ६०० रुपै‌या

Trulli
ADVERTISEMENT

चितवन-   भरतपुर महानगरपालिकाले  डेङ्गु परीक्षण शुल्क तोकेको छ ।  महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेङ्गु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि धिकतम रु छ सय तोकिएको हो ।
 
महानगरप्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र  नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताइन् । उनले  महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिन समेत अनुरोध गरे ।

जिल्लाका प्रदेशस्तरका स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण निःशुल्क हुने गरेको छ । भरतपुर अस्पतालले भने रु आठ सय लिँदै आएकोमा अब रु छ सयमात्र लिने जनाएको छ ।

पछिल्लो समय जिल्लामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ ।  साउनयता जिल्लामा ५२ जनामा उक्त सङ्क्रमण पुष्टि भइसकेको छ ।