close

नेपाली सेनाद्वारा धनकुटामा स्वास्थ्य शिविर

नेपाली सेनाद्वारा धनकुटामा स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

धनकुटा - धनकुटाको हिलेस्थित बक्रकुण्ड मन्दिर परिसरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  नेपाली सेनाको भीमदल गणको आयोजनामा निशुल्क शिविर सञ्चालन भएको हो । 

शिविरमा जनरल रोगहरुको जाँच तथा उपचार गरिएको नेपाली सेनाले जनाएको छ । श्री नं. २ बाहिनी अड्डाको संयोजनमा भएको निशुल्क स्वास्थ्य शिविरमा नेपाली सेना, स्वास्थ्य कार्यालय धनकुटा र जिल्ला अस्पताल धनकुटाका चिकित्सकको टोलिले सेवा दिएको भीमदल गणका प्रमुख सुमन थापाले जानकारी दिए । शिविरमा झण्डै ५ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गरि निशुल्क औषधि वितरण गरिएको उनले जानकारी दिए । 

 शिविरमा सहभागी भएकामध्ये अधिकांश सुगर प्रेसर, ढाड दुख्ने, ग्याष्टिकको समस्याबढी देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । नागपञ्चमीको अवसरमा बक्रकुण्ड मन्दिरमा आएका भक्तजनलाई लक्ष्यित गरि शिविरको आयोजना गरिएको श्री नं. २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले बताए । उनले नेपाली सेनालो स्थानीयसँग सहकार्य गरी आगामी दिनमा समेत शिविर सञ्चालन गर्ने जानकारी दिए ।