close

पालिका बाहिर उपचार गर्न जाँदा सहिदभूमिको यातायात खर्च

पालिका बाहिर उपचार गर्न जाँदा सहिदभूमिको यातायात खर्च

Trulli
ADVERTISEMENT

धनकुटा– सहिदभूमि गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवामार्फत स्थानीयलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ । पालिकाका स्वास्थ्य चौकीहरूमा उपचारका लागि स्थानीयलाई नि:शुल्क एम्बुलेन्स मार्फत पुर्याउने गरिएको हो । 

प्रत्येक वडामा नि:शुल्क एम्बुलेन्सको पहुँच पुग्ने गरि गाउँपालिकाले आफ्नै एम्बुलेन्सबाट स्थानीयलाई सेवा प्रदान गरिरहेको पालिकाका अध्यक्ष मनोज राईले बताए । विशेषगरि ज्येष्ठ नागरिक तथा गर्भवती आमाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको उनले जानकारी दिए ।

यस्तै, बिरामीलाई उपचार गर्न पालिकाभन्दा बाहिर जानुपर्ने अवस्था आएमा एक पटकको यातायात खर्च पालिकाले उपलब्ध गराउने  गरेको उनले पालिकाखबरसँग बताए । ‘विशेष गरेर दिर्घरोगी र विपन्न भनेर वडा कार्यालयले सिफारिस गरेका बिरामीलाई यातायात खर्च उपलब्ध गराउछौँ,’ उनले भने । 

गाउँपालिकाले स्थानीयका लागि गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गरेर स्वास्थ्य सेवा प्रदान गर्ने गरेको उनले जानकारी दिए । उनको अनुसार वर्षको दुई पटकसम्म वडा/वडामा शिविर सञ्चालन गरिन्छ । ‘वडासँग सल्लाह गरेर सबै गाउँको केन्द्रमा पर्ने गरि शिविर सञ्चालन गने गर्छौँ,’ उनले भने। 

७ वटा वडा रहेको सहिदभूमीमा पालिकाभित्र ४ ओटा स्वास्थ्य चौकी, ३ वटामा आधारभुत स्वास्थ्य केन्द्र र अन्य क्षेत्रमा सामुदायिक स्वास्थ्य इकाई रहेको पालिका अध्यक्ष राईले बताए । उनले भने, ‘पालिकामा आधारभुत अस्पताल निर्माणको घोषणा भएको छ । निर्माण भने हुन बाँकी छ ।’