close

विपन्नको उपचारमा गाउँपालिकाले खर्च गर्‍यो ४८ लाख

विपन्नको उपचारमा गाउँपालिकाले खर्च गर्‍यो ४८ लाख

Trulli
फाइल फोटो
ADVERTISEMENT

सोलुखुम्बु-  खुम्बु पासाङल्हामु गाउँपालिकाले वडा नम्बर ५ ठमोकी ७२ वर्षीया कान्छी फुटी शेर्पाको उद्धार गरी  हेलीकोप्टरमार्फत काठमाडौं पठाएको छ ।  घरमै लडेर घाइते भएकी उनलाई उपचारकाे लागि नजिकैकाे खुन्दे अस्पतालमा लगिएकाे थियाे । तर उनलाई अस्पतालले रिफर गरेपछि गाउँपालिकाले शुक्रबार बिहानै उद्धार गरी काठमाडाैं पठाएकाे हाे ।

गाउँपालिकाले ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’ मार्फत उनको उद्धार गरेको जनाएकाे छ ।  खुम्बु पासाङल्हामु गाउँपालिका भौगोलिक रुपमा विकट रहेको हुँदा हालसम्म सडक सञ्जाल पुगेको छैन । गाउँपालिकामा रहेको एकमात्र तेन्जिङ हिलारी विमानस्थलसम्म आउनै ठमोबाट २ दिन लाग्छ । त्यसैले गाउँपालिकाले कान्छीकफ हेलीकोप्टरमार्फत उद्धार गरेको हो । कान्छीजस्ता समस्या भएकालाई गाउँपालिकाले नियमित उद्धार गर्दै आएको छ ।

गाउँपालिकाले ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’मार्फत हेलीकोप्टर चार्टर शुल्कसँगै १० लाखसम्म उपचार खर्च सहयोग गर्दै आइरहेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख उद्धव ढुङ्गानाले पालिका खबरलाई बताए । उनका अनुसार गत आर्थिक वर्ष ०८९/०८० मा गाउँपालिकाभर ३८ जनाको उद्धार तथा उपचारमा सहयोग गरेको छ । 

ती दुवै सेवा पाउनका लागि पालिकाभित्र रहेका अस्पतालले रेफर गरेको कागजात, वडाले गरेको विपन्न सिफारिस र काठमाडौंमा गरिएको उपचारको प्रमाणित कागजात हुनुपर्ने गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षामा ३८ विपन्नको उद्धार र उपचारमा करिब ४८ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ । 

गाउँपालिका विपन्नहरूको सारथी भएर उद्धार तथा उपचारमा सहयोग गरेपछि धेरैको ज्यान जोगिएका छन् । यो कार्यक्रमबाट स्थानीय पनि खुशी भएका छन् ।