close

गाउँपालिकाकी संस्थापक अध्यक्षको पहलमा मिर्गौला पिडितलाई आर्थिक सहयोग

गाउँपालिकाकी संस्थापक अध्यक्षको पहलमा मिर्गौला पिडितलाई आर्थिक सहयोग

Trulli
ADVERTISEMENT

चितवन- ईच्छाकामना गाउँपालिकाकी संस्थापक अध्यक्ष गीताकुमारी गुरुङको पहलमा ईच्छाकामना-३ की मिर्गौला पीडित मित्रकुमारी गुरुङलाई आर्थिक सहयोग गरिएको छ । 

प्रबासी मुलुक अमेरीकामा सहयोग रकम संकलन गरी ६२ हजार ५१६ रुपैँया सहयोग रकम मकाउ जनसम्पर्क समितिका सस्थापक अध्यक्ष अम्बिर जोशीले अमेरिकाबाट पठाएपछि पीडितलाई हस्तान्तरण गरिएको हो । 

सहयोग रकम हस्तान्तरण गर्दै गीता कुमारी गुरुङ्गले प्रबासमा रहेका नेपाली दाजुभाइले दु्:ख पर्दा खुलेर सहयोग गर्ने गरेको बताउँदै धन्यवाद दिइन् ।