close

एउटै पालिकाभित्र जन्मिए ९४९ शिशु

एउटै पालिकाभित्र जन्मिए ९४९ शिशु

Trulli
ADVERTISEMENT

डोटी– दिपायल सिलगढी नगरपालिकाका करिब एक हजार जना गर्भवती महिलाले स्वास्थ्य चाैकीमा प्रसूति गराएका छन् । नगरपालिकाद्वारा सञ्चालित  वर्थिङ सेन्टरमा  आर्थिक वर्ष २०७९/०८० मा  ९३९ जना गर्भवतीले महिलाले प्रसुती गराएका हुन् ।

नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव तेजबहादुर खडकाका पालिकाभित्र ९ वटा वर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । नगरपालिकाभित्रका सबै वडामा वर्थिङ सेन्टर सञ्चालनमा रहेकाेले प्रसूति गराउनेकाे स‍ंख्या बढेकाे उनले पालिकाखबरलाई बताए । 

भौगोलिक विकटता र जनचेतनाको अभावमा १० जना महिलाले घरमा बच्चा जन्माएका थिए ।