close

रामनगरको स्वास्थ्य संस्था : न पूर्वाधार न औषधि

रामनगरको स्वास्थ्य संस्था : न पूर्वाधार न औषधि

Trulli
ADVERTISEMENT

सर्लाही- रामनगर गाउँपालिकाको स्वास्थ्य संस्थाहरु भाडाको भवनमा सञ्चालित छन् । स्वास्थ्य संस्थाकाे भवन निर्माणकाे लागि गाउँपालिकाले चासाे नदिएपछि भाडाको भवनबाट सञ्चालन हुन बाध्य भएका हुन् । 

गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक सन्तोष यादवका अनुसार पालिकाभित्र सञ्चालित स्वास्थ्य संस्था नेपाल प्रहरीको भवन, धार्मिक स्थल तथा वडा कार्यालयकै भवनमा केही कोठा लिएर सञ्चालन हुँदै आएको छ । भवन अभाव भएकाले स्वास्थ्य सेवासमेत प्रभावित भएको उनले पालिकाखबरलाई बताए । 

गाउँपालिकामा चार वटा स्वास्थ्य चौकी, तीन वटा आधारभूत स्वास्थ्य संस्था तथा एउटा बर्थिङ सेन्टर सञ्चालनमा रहेको उनले बताए । तर अधिकांश स्वास्थ्य संस्था समस्याग्रस्त रहेको उनको भनाइ छ । उनका अनुसार स्वास्थ्य संस्थाको लागि आवश्यक औषधि, खानेपानी तथा भौतिक पूर्वाधारको समस्या छन् । समस्या समाधानको लागि पालिकाले कुनै चासो नदिएको उनको गुनासो छ । 

समस्या समाधानको लागि संघीय तथा प्रदेशस्तरका व्यक्तित्वले आश्वासन नदिएपनि पुरा नगरेको उनको आरोप छ । गाउँपालिकाले समेत स्वास्थ्य क्षेत्रलाई मनोमानीको रुपमा हेरेको उनको बुझाई छ । आफूले पटक पटक माग गर्दा पनि कुनै सुनुवाई नभएको उनले सुनाए । आफू नेपाल सरकार मातहतको कर्मचारी भएपनि गाउँपालिकाले जमिन्दारको अन्डरमा काम गरेको जस्तै लाग्ने उनको अनुभव छ ।