close

रंगेलीमा सुकुमबासीको निःशुल्क स्वास्थ्य बीमा

रंगेलीमा सुकुमबासीको निःशुल्क स्वास्थ्य बीमा

Trulli
ADVERTISEMENT

मोरङ– रंगेली नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले अतिविपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको हो । 

नगरपालिकाले पालिकामा रहेका अतिविपन्न तथा सुकुमबासी परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने स्वास्थ्य शाखा प्रमुख बज्रेश महेताले बताए । उनको अनुसार पालिकामा करिब २ हजार जना सुकुम्बासी बसोबास गर्छन् । 

यस्तै नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर स्वास्थ्य जाँच र औषधि वितरण गरिएको उनले पालिकाखबरलाई बताए । उनले भने, ‘गत वर्ष ९० वर्षभन्दा माथीका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरेका थियौँ । यो वर्षदेखि ८० वर्षभन्दा माथी उमेर समुहका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण सुरु गरेका छौँ ।’

यसबाहेक पालिकामा रहेको आयुर्वेदिक अस्पतालको लागि औषधि तथा अन्य स्वास्थ्य संस्थालाई औषधि खरिद गरिने उनले बताए । उनको अनुसार स्वास्थ्य संस्थाका कर्मचारीलाई नगरपालिकाले एलएमआइएस तालिम प्रदान गर्ने छ । 

चालु आर्थिक वर्ष २०८०/८१ मा एक करोड ६ लाख ९८ हजार रुपैयाँ विनियोजन गरेको नगरपालिकाले स्वास्थ्य क्षेत्रको लागि विभिन्न कार्यक्रम सुरु गरेको उनले बताए ।