close

ज्येष्ठ नागरिकलाई नि:शुल्क एम्बुलेन्स

ज्येष्ठ नागरिकलाई नि:शुल्क एम्बुलेन्स

Trulli
ADVERTISEMENT

मोरङ- विराटनगर महानगरपालिकाले सहज र सर्वसुलभ रुपमा अस्पताल जानका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । 

महानगर क्षेत्रभित्र बसोबास गर्ने संस्थागत प्रसूतिका लागि एम्बुलेन्स सेवा निःशुल्क हुनेछ । त्यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, रातो र निलो कार्ड प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिका साथै न्यून आय भएका महानगरवासीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाका अनुसार विराटनगर बाहिरबाट बिरामी ल्याउनका लागि प्रयोग गरिने छैन । विराटनगर बाहिर बिरामी लानु परेमा जिल्ला एम्बुलेन्स सेवा शुल्क निर्धारण समितिले प्रस्ताव गरेबमोजिम सेवा शुल्क लाग्नेछ । महानगरले रानी अस्पताल, वैजनाथपुर अस्पताल, कोचाखाल स्वास्थ्य केन्द्रलगायतबाट स्थानीयलाई सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।