close

सन्धिखर्क नगरपालिकामा २४ शय्याको अस्पताल खुल्यो

सन्धिखर्क नगरपालिकामा २४ शय्याको अस्पताल खुल्यो

Trulli
ADVERTISEMENT

अर्घाखाँची- सन्धिखर्क नगरपालिका-१ शान्ति बगैँचामुनि अत्याधुनिक सेवासहितको २४ शय्याको अस्पताल खुलेको छ ।

अस्पताल खुलेसँगै सामान्य रोगका बिरामीहरू उपचारका लागि बुटवल तथा अन्य ठाउँका अस्पतालमा जानुपर्ने बाध्यता हटेको छ । अर्घाखाँची जिल्लामा शल्यक्रियाको सुविधासहितको अस्पताल नभएका कारण अस्पताल सञ्चालनमा ल्याइएको छायाँ हस्पिटल प्रालिले जनाएको छ । 

अस्पतालमा  फिजिसियन सेवा, मुटु रोग सेवा, महिला तथा प्रसूति रोग सेवा, स्त्री रोग सेवा, सुत्केरी शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग सेवासहितका सेवाहरु रहेका अस्पतालले जनाएको छ ।