close

उपमहानगरको नि:शुल्क एम्बुलेन्स सेवाबाट १८१ जना लाभान्वित

उपमहानगरको नि:शुल्क एम्बुलेन्स सेवाबाट १८१ जना लाभान्वित

Trulli
ADVERTISEMENT

बाँके- नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको नि:शुल्क एम्बुलेन्स सेवाबाट तीन महिनामा १८१ जना लाभान्वित भएका छन् । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत व्यवस्था गरेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले पालिकाखबरलाई बताए । 

उपमहानगरपालिकाले गत साउन १ गतेबाट २४सैँ घण्टा सञ्चालनमा ल्याएको हो । उपमहानगरपालिकाभित्रका गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरबाट अस्पतालसम्म पुर्‍याउन निःशुल्क सञ्चालन गरिएको एम्बुलेन्स सेवा मातृ शिशु मृत्युदर घटाउन प्रभावकारी भएको उनको भनाइ छ ।

उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बिरामीको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताए ।  उनका अनुसार अस्पतालसम्म पुग्न बिरामीले कुनै कठिनाइ भोग्न नपरोस् र जनताको सुख, दुःखमा सँगसँगै हुनुपर्दछ भनेर चौबीसै घण्टा एम्बुलेन्स ‘स्ट्याण्डबाई’ हुन्छ ।  पालिकाले व्यवस्था गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि बिरामीलाई समयमै अस्पताल पुर्‍याउने व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ ।