close

३० दिनभित्र जन्मदर्ता गर्नेलाई अण्डा उपहार

३० दिनभित्र जन्मदर्ता गर्नेलाई अण्डा उपहार

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम -  बाँफिकोट गाउँपालिकाको वडा सरकारले ३० दिनभित्र जन्मदर्ता गराउने अभिभावकलाई एक क्यारेट अण्डा निःशुल्क वितरण गर्ने भएको छ । गाउँपालिकाको चार वटा वडा कार्यालयले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीका अनुसार पालिकाको वडा नम्बर २, ६, ७ र १० ले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । बाँकी ६ वटा वडा कार्यालयले साे कार्यक्रमकाे लागि बजेट विनियाेजन नगरेकाे उनकाे भनाइ छ । शिशु जन्मिएको ३० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई जन्मदर्ता गरेमा एक क्यारेट अण्डा वितरण गरिने उनले पालिकाखबरलाई सुनाए । 

चार वटा वडा कार्यालयले चालु आर्थिक वर्षदेखि सो कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाइ छ । वडा कार्यालयले संघीय सरकारको सर्सत कार्यक्रमबाट अण्डा वितरण गरिएको उनले सुनाए । 

शिशु जन्मिएको ४५ दिनभित्र जन्मदर्ता गरेमा छोरी खाता सञ्चालन गर्न र व्यक्तिगत घटना दर्ता गराउनका लागि सो कार्यक्रम ल्याएको उनले जानकारी दिए ।