close

पालिकाबाटै स्वास्थ्य स्थिति बुझ्दै वालिङ

पालिकाबाटै स्वास्थ्य स्थिति बुझ्दै वालिङ

Trulli
ADVERTISEMENT

स्याङ्जा - वालिङ नगरपालिकाले पालिकाभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने भएको छ । नगरपालिकाले सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम’ अन्तर्गत प्रत्येक घरमा नम्बर प्लेट टाँस्न लागेको हो । 

वालिङ नगरपालिका र सङ्घीय सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागबीच  भएको सम्झौता बमोजिम नम्बर प्लेट टाँस्ने कार्य सुरु हुने पालिकाका नगरप्रमुख कृष्ण खाँणले बताए । सोबाट पालिकाभित्रका सबै वडाका स्थानीय बासिन्दाको स्वास्थ्य स्थितिको अभिलेखीकरण राखिने उनको भनाइ छ । 

नगरपालिकाले स्मार्ट सिटी बनाउनको लागि आवश्यक तयारी गर्दै आएको उनले सुनाए । एक महिनाको अवधिमा सो कार्यक्रम सबै वडामा विस्तार गरिने उनको भनाइ छ ।