close

पचरौताले नि:शुल्क मोतिबिन्दुको शल्यक्रिया गरिदिने

पचरौताले नि:शुल्क मोतिबिन्दुको शल्यक्रिया गरिदिने

Trulli
ADVERTISEMENT

बारा– पचरौता नगरपालिकाले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै नि:शुल्क आँखा जाँच र मोतिबिन्दुको शल्यक्रिया गर्ने जनाएको हो । 

शिविर नगरपालिकास्थित बेनौली स्वास्थ्य चौकीमा यही मंसिर २७ गते बुधबार बिहान १० बजेदेखि सञ्चालन हुन लागेको हो । नगरपालिका र एलएस न्युरो एण्ड जेनेरल अस्पताल परवानीपुर बाराको संयुक्त आयोजनामा आँखाका बिरामीहरुको नि:शुल्क आँखा जाँच तथा मोतिबिन्दुको शल्यक्रिया गर्न लागिएको नगरपालिकाले जनाएको छ ।