close

शुक्लाफाँटाको स्वास्थ्य शिविरबाट ३०० जना लाभाम्वित

शुक्लाफाँटाको स्वास्थ्य शिविरबाट ३०० जना लाभाम्वित

Trulli
ADVERTISEMENT

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट ३०४ सेवाग्राही लाभान्वित भएका छन् । उक्त शिविर शुक्लाफाँटा–१० झलारीस्थित स्वास्थ्य चौकीमा वडा कार्यालयले आयोजना गरेको हो । 

स्वास्थ्य शिविरमा छाला, आँखा, हाडजोर्नीलगायतका रोगको उपचार गरिएको थियो । स्वास्थ्य चौकीका सिनियर अहेब लोकेन्द्र ऐरीका अनुसार दुई सय १५ जनाको आँखा परीक्षण गर्दा २३ जनामा मोतियाविन्दु देखिएको छ । उनले भने–“मोतियाविन्दु देखिएकालाई निःशुल्क शल्यक्रियाका लागि धनगढी पठाइएको छ ।”

शिविरमा आँखासम्बन्धी दुई सय १४ जनाले तथा छाला, हड्डी, छाती र स्वाशप्रश्वास सम्बन्धि ८६ जनाले सेवा लिएका थिए । आँखाको जाँच गरेका ५५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । उपचारमा डा गणेश फुलारा, डा अनिल खड्का, डा पुजन चापागाइँलगायतको टोली खटिएको शुक्लाफाँटा–१० का वडाध्यक्ष लालबहादुर ऐरले जानकारी दिए ।