close

कृष्णपुर नगरपालिकामा नि:शुल्क आँखा शिविर

कृष्णपुर नगरपालिकामा नि:शुल्क आँखा शिविर

Trulli
ADVERTISEMENT

कञ्चनपुर- कृष्णपुर नगरपालिकाले नि:शुल्क आँखा शिविर सञ्चालन भएको छ । आइतबारदेखि सुरु भएको शिविर अन्य वडामा पनि सञ्चालन गरिने कृष्णपुर-१ का अध्यक्ष मोहनबहादुर बस्नेतले पालिकाखबरलाई बताए । 

धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आइतबारदेखि वडा नम्बर १ को कुमगडा र गोजे क्षेत्रमा आँखा शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । 

आखा शिविरमा प्राविधिक सहयोग गरिरहेको संस्था धनगढी नेत्रालयका डा. आशिष पाण्डेयले नगरपालिकासँग जोडिएर दूरदराजका नागरिकको सेव गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।