close

बडीकेदारलाई एम्बुलेन्स दिँदै काठमाडौं

बडीकेदारलाई एम्बुलेन्स दिँदै काठमाडौं

Trulli
ADVERTISEMENT

डोटी– बडीकेदार गाउँपालिकालाई काठमाडौं महानगरले एम्बुलेन्स उपलब्ध गराउने भएको छ । काठमाडौं महानगरले एम्बुलेन्स माग गरेका स्थानीय तहमध्ये बडीकेदार गाउँपालिकालाई छनौट गरेर एम्बुलेन्स उपलब्ध गराउन लागेको हो । 

महानगरले गत असोज ४ मा सूचना प्रकाशन गरेर स्थानीय तहलाई एम्बुलेन्स माग गर्न अनुरोध गरेको थियो । तोकिएको मापदण्डअनुसार बडीकेदार गाउँपालिकाले एम्बुलेन्स लागि छनौट भएको महानगरले जनाएको छ । 

गाउँपालिकालाई ख वर्गका एम्बुलेन्स उपलब्ध गराइने जनाइएको छ । सो एम्बुलेन्स लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट राजस्व छुट गराई महानगरको स्वास्थ्य विभागमा सम्पर्क गर्न बडीकेदारलाई आग्रह गरेको छ ।