close

जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

Trulli
ADVERTISEMENT

डोटी- बोगटान फुडसिल गाउँपालिकाको वडा नम्बर १ ले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न थालेको छ । ज्येष्ठ नागरिक दिवसको अवसर पारेर वडा सरकारले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न थालेको हो । 

वडाध्यक्ष खेमबहादुर घर्तिमगरका अनुसार चालु आर्थिक वर्षको स्वीकृत जेष्ठ नागरिकसँग वडाध्यक्ष कार्यक्रम अन्तर्गत स्वास्थ्य परीक्षण गर्न थालेको हो । वडा कार्यालयको सहयोगमा  सिमचौर स्वास्थ्य चौकीमा सो अभियान सञ्चालन हुने उनले पालिकाखबरलाई बताए । 

सो अभियानबाट जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधी वितरण गरिने उनले जानकारी दिए । शिविर यही पुस २२ गतेसम्म सञ्चालन हुने उनको भनाइ छ ।