close

सेउडेखेतमा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन

सेउडेखेतमा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन

Trulli
ADVERTISEMENT

डोटी– बोगटान फुड्सिल गाउँपालिका – १ सिमचौरको सेउडेखेतमा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गरिएको छ । एक कार्यक्रमका आयाेजना गरी आइतबारदेखि सेवा प्रारम्भ हुने गरी सेउडेखेत सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गरिएको हो ।

स्वास्थ्य इकाईको स्थापना भएसँगै यहाँका ५९ घर र छिमेकी पालिका बडिकेदारका ५३ सहित १ सय १२ घरपरिवार लाभान्वित हुने वडा अध्यक्ष खेम घर्तिमगरले पालिकाखबरलाई बताए । स्वास्थ्य इकाईबाट बोगटानका सेउडेखेत, झ्यामतोला, गुइनडा तथा बडिकेदारका केदारमाण्डौँ, सैनीगाउँ, जैनडा र सिउनाराका बासिन्दा लाभान्वित हुने वडाध्यक्षले बताए ।

यसका साथै परिवार नियोजन, आपिडी, पोषण, गर्भवती जाँच लगायतका सेवा स्वास्थ्य इकाईबाट प्रदान गर्ने उनले बताए । भौगोलिक विकटताले स्वास्थ्य सेवा लिन छिडीखान र बडिकेदार जानुपर्ने बाध्यतालाई गाउँघरमै सेवा उपलब्ध गराएको बताए ।