close

तिला गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधि आपूर्ति

तिला गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधि आपूर्ति

Trulli
ADVERTISEMENT

जुम्ला- तिला गाउँपालिकाभित्रको स्वास्थ्य शाखाबाट अभाव रहेका स्वास्थ्य संस्थामा औषधि आपूर्ति हुन थालेको छ । 

करिब आठ लाख बराबरका औषधि खरिद गरी अभाव रहेका स्वास्थ्य संस्थामा पठाइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर रावतले जानकारी दिए । गाउँपालिका अध्यक्ष, उपाध्यक्षको सहभागितामा अभाव रहेका स्वास्थ्य चौकीमा औषधि वितरण गरिएको हो ।

यहाँका १३ वटै स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिनका लागि थप औषधि खरिद प्रक्रिया अगाडि बढेको शाखा प्रमुख रावलको भनाइ छ । पालिकाले चालु आवमा स्वास्थ्य शाखालाई आठ लाख बजेट विनियोजित गरेको छ । शाखामा बजेट कम भएपछि जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट औषधि माग गरी स्वास्थ्य संस्थामा पठाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

पालिका सबै स्वास्थ्य संस्थामा अहिले सिटामोल, ब्रोफिनलगायत औषधि पठाइएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन् । सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा पठाएको २१ लाख बजेटमार्फत औषधि बोलपत्र प्रक्रियाबाट खरिद गरिने गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य संस्थामा औषधि अभाव भएकोसम्बन्धी समाचार पालिकाखबरलगायत विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशित भएपछि गाउँपालिकाले औषधि व्यवस्थापनमा चासो दिएको हो ।