close

घरआँगनमै  अशक्त नागरिकले सेवा पाउन थालेपछि...

घरआँगनमै  अशक्त नागरिकले सेवा पाउन थालेपछि...

Trulli
ADVERTISEMENT

भोजपुर-  पौवादुङमा  गाउँपालिकाले वडास्तरबाट अपाङ्गता परिचय पत्र वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन गरेपछि स्थानीय नागरिक खुसी भएका छन् । असक्त नागरिकलाई सहज सेवा प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाले अभियान सञ्चालन गरेपछि उनीहरु खुसी भएका हुन् । 

गाउँपालिकाले मङ्गलबार वडा नं १ श्यामशिलामा शिविरमार्फत १२ जनालाई अपाङ्गता परिचय पत्र वितरणसँगै ३९ जनाको स्वास्थ्य परीक्षण गरेको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । गाउँपालिकाले यहाँका ६ वटै वडामा अभियान सञ्चालन गरेर शिविरमार्फत सेवा प्रवाह गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए ।

अभियानमार्फत पुस २४ गते वडा नं १ श्यामशिला, पुस २५ मा वडा नं २ तिवारीभञ्ज्याङ, पुस २६ गते वडा नं ३ च्याङ्ग्रे, पुस २८ गते वडा नं ४ वास्तिम, पुस २९ गते वडा नं ५ सानोदुम्मा र माघ २ गते वडा नं ६ ठुलोदुम्मामा  सेवा प्रवाह गरिने प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

गाउँपालिकाका नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने लक्ष्यले अभियानमार्फत  सेवा प्रवाह गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। गाउँपालिकाको सेवालाई सहज र सरल तरिकाले जनस्तरम्म पु¥याउने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष राईको भनाइ छ ।

'हामीले अभियानमार्फत सवै वडाबाट अपाङ्गता परिचय पत्र वितरणसँगै शिविर सञ्चालन गरिरहेका छौँ,' अध्यक्ष राईले भने, 'सहज रुपमा गाउँपालिकाको सेवा जनस्तरमा पु¥याउने उद्देश्यले सेवा दिएका हौँ । यसले नागरिकलाई गाउँपालिकाको सेवा लिन सहजता भएको छ ।'

नागरिकलाई सहज सेवा प्रवाह गर्ने लक्ष्यका साथ वडास्तरबाट परिचय पत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए। अभियानमार्फत प्रवाह गरिएको सेवाले शारीरिक रुपमा असक्त नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ ।