close

हजार दिने आमालाई तरकारीका बीउ र विरुवा

हजार दिने आमालाई तरकारीका बीउ र विरुवा

Trulli
ADVERTISEMENT

सप्तरी - रुपनी गाउँपालिकाले सुनौलो हजार दिनका आमालाई बीउ विजन तथा विरुवा वितरण गर्ने भएको छ । हजार दिने आमाको दीर्घकालिन पोषण सुरक्षालाई ध्यानमा राखी गाउँपालिकाले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

गाउँपालिकाको बहुक्षेत्रीय पोषण स्वंयसेवक कालीप्रसाद यादवका अनुसार पालिकाले चालु आवदेखि मात्रै सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । सुनौलो हजार दिने आमाहरुमा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत बानी व्यवहार तथा खानपानमा परिवर्तन ल्याउनका लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको उनले पालिकाखबरलाई सुनाए । 

कार्यक्रमअन्तर्गत गरी गाउँपालिकाले फर्सीको बीउ, सागको बीउ, करेला, पालुंगोलगायत १० देखि १२ थरीकाे बीउ तथा विरुवा वितरण गर्ने छ । साे सामग्री प्याकेटमा राखी नि:शुल्क वितरण गरिने उनले बताए ।

नगद तथा सामग्री वितरणले केही समयलाई पुग्ने भएकाले दीर्घकालीन प्रभावका लागि विरुवा तथा वीउ वितरण गर्न लागेको उनले सुनाए । संघीय सरकारको अनुदानबाहेक गाउँपालिकाले थप तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । 

कार्यक्रमको लागि गाउँपालिकाले सुत्केरी तथा गर्भवती महिलाको घरमा गई अनुगमन गर्ने उनले सुनाए । अनुगमन गरेसँगै पालिकाभित्रका विपन्न तथा दलित समुदायलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरिने छ । सोका लागि सम्बन्धित वडा कार्यालयको समितिले व्यक्ति छनौट गरी गाउँपालिकामा सिफारिस गरेर पठाइने उनले बताए । 

चालु आवमा कार्यक्रम सञ्चालन गर्ने भनिए पनि गाउँसभा ढिला हुनुका साथै केही कर्मचारी भ्रष्टाचारकाे आरोपमा निलम्बन गरेकोले केही ढिलाई भएकामा उनले दुखेसो पोखे । कोष तथा लेखा परिक्षण निकायले आवश्यक छानबिन गरी कर्मचारी पठाए लगतै सो कार्यक्रम कार्यान्वयनमा आउने उनको जिकीर छ ।