close

रोङमा 'रोगको खोजी'

वडावडामा निःशुल्क स्वास्थ्य शिविर

रोङमा 'रोगको खोजी'

वडावडामा निःशुल्क स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

इलाम - रोङ गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । गाउँपालिकाको रोगको खोजी कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर गर्न लागेको हो । 

गाउँपालिकाले रोटरी क्लब अफ सुरुङ्गा, रोटरी क्लब अफ विर्तामोड, नेपाल हाट फाउण्डेशनलागयत विभिन्न १० वटा संस्थाको साझेदारीमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । गाउँपालिकाले वडा नम्बर १ र २ लाई लक्षित गरी वडा नम्बर २ मा माघ २७ गते शिविर सञ्चालन गर्न लागेको पालिकाको स्वास्थ्य अधिकृत युवराज काफ्लेले बताए । 

गाउँपालिकाले रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बेस भन्ने अभियानमा सो कार्यक्रम सञ्चालन गर्दै आएको उनले पालिकाखबरलाई सुुनाए । गाउँपालिकाले यस अघि वडा नम्बर ५ र ६ लाइ लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर गरेको उनले सुनाए । 

अब केही दिनमै वडा नम्बर ३ र ४ लाई लक्षित गरी शिविर सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । शिविरमा सहभागी भएका व्यक्तिलाई आवश्यक औषधि निःशुल्क वितरण गरिने उनले सुनाए । 

भौगोलिक रुपमा विकट रहेका स्थानीय बासिन्दाको आवत र जावतको लागि गाउँपालिकाले नै सवारी साधनको व्यवस्था हुने उनले बताए । कार्यक्रमको लागि साझेदारी संस्थाले प्राविधिक सहयोग र गाउँपालिकाले खाना र यातायातको व्यवस्थापन गर्ने उनले सुनाए ।