close

हालसम्म ६ अस्पतालको फोहर संकलनमा महानगरको रोक

हालसम्म ६ अस्पतालको फोहर संकलनमा महानगरको रोक

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले अस्पतालको अनुगमन तीव्र बनाएको छ । वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा आइतबार ४ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । 

कलंकी क्षेत्रमा रहेका सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पतालसँगै यता चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए । 

यसअघि महानगरपालिकाले कान्ति बाल अस्पताल  र एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको थियो । अनुगमनका क्रममा स्वास्थ्य संस्थाहरूले अबलम्बन गर्नुपर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको महानगरले जनाएको छ । 

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार हानीकारक फोहोर निर्मलीकरणपछि सामान्य फोहोर हुने प्रणाली कार्यान्वयनमा आएको सुनिश्चित भएपछि कारवाही फुकुवा हुने जानकारी दिएका छन् ।