close

बाँस उद्यमी उत्पादन गर्दै सहिदभूमि

बाँस उद्यमी उत्पादन गर्दै सहिदभूमि

Trulli
ADVERTISEMENT

धनकुटा–धनकुटाको सहिदभूमिा गाउँपालिकाले चोया बाँसका सामग्री बनाउने १५ दिने तालिम सञ्चालन गरेको छ । गत वर्षबाट सुरु गरिएको अभियानमा सहिदभूमि पालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत वडा नम्बर ६ माम्फिङको ज्वालादेवी लघु उद्यम समूहका १३ सदस्यलाई बाँससम्बन्धी तालिम दिएको हो ।


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा पालिकाको आयोजनामा ९ देखि २५ माघसम्म सञ्चालन गरिएको तालिम बिहीबार समापन गरिएको छ । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले पालिकाभरी उद्यम समूह गठन गरेर १ हजार ९ जनालाई सीप विकास तालिम दिएर नयाँ उद्यमी तयार पार्ने काम भइरहेको बताए ।