close

रुसले युक्रेनमा पुनः हमला गरेको एक कमान्डरको दाबी 

रुसले युक्रेनमा पुनः हमला गरेको एक कमान्डरको दाबी 

Trulli
ADVERTISEMENT

काठमाडौं । नेश्नल गार्डका कमान्डर डेनिस श्लेगाले रुसले युक्रेनको मारिउपोलस्थित स्टिल उद्योगमा हमला जारी राखेको बताएका छन् । 

 

सोमबार एक टेलिभिजन अन्तर्वार्ता क्रममा उनले यस्तो दाबी गरेका हुन् ।  उनका अनुसार उद्योगमा सयौँ सर्वसाधारण फसिरहेका बेला रुसले सबै अस्त्र प्रयोग गरी हमला गरेको छ । 

 

 कमान्डरका अनुसार स्टिल उद्योगको बङ्करमा अझै कयौँ साना बालबालिका छन् । 

 

सोमबार साँझ सामाजिकसञ्जालमा बाहिरिएका भिडियोमा आगाेका ठूलठूला भुल्का देखिएको बिबिसीले उल्लेख गरेको छ । 

 

दक्षिणी बन्दरगाह सहरमा रुसले यसअघि पनि हप्तौँसम्म तीव्र बमबारी गरेको थियो । बिबिसीबाट