close

युक्रेनको अर्को महत्वपूर्ण शहर रुसको कब्जा

युक्रेनको अर्को महत्वपूर्ण शहर रुसको कब्जा

Trulli
ADVERTISEMENT

रुसी सेनाले पूर्वी युक्रेनको महत्वपूर्ण शहर सेभेरोदोनेत्स्क आफ्नो नियन्त्रणमा लिएको छ ।

सेभेरोदोनेत्स्क शहरको ठूलो भाग रुसी सेनाको कब्जामा रहेको त्यहाँका गभर्नरले पुष्टि गरेका छन् ।

सेभेरोदोनेत्स्क युक्रेनको पूर्वी दोनबास क्षेत्रको प्रमुख शहर हो । युक्रेनका अन्य क्षेत्रहरूबाट भगाइएपछि रुसले आफ्नो सम्पूर्ण शक्ति दोनबास क्षेत्रमा केन्द्रित गरेको छ ।

मस्कोको सेनाले ‘सेभेरोदोनेस्कको ठूलो भाग नियन्त्रणमा राखेको छ । औद्योगिक क्षेत्र अझै पनि हाम्रो प्रभुत्वमा छ र अझै रुसी पुगेका छैनन्’, लुगान्स्क क्षेत्रका गभर्नर सर्गी गैडेले टेलिग्राममा भनेका छन् ।

‘शहरको सडकभित्र मात्र लडाइँ चलिरहेको छ’, उनले भने । यसअघि युक्रेनी फौज पछाडि फर्कनुपर्ने अवस्था आउनसक्ने उनले बताएका थिए ।