close

इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्जरल्याण्ड राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा निर्वाचित

इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्जरल्याण्ड राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा निर्वाचित

Trulli
ADVERTISEMENT

काठमाडौं । इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्जरल्याण्ड राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा निर्विरोध निर्वाचित भएका छन् ।

एकसय ९३ सदस्यीय महासभामा भएको गोप्य मतदानमा क्रमश:  इक्वेडरले १९०, माल्टाले १८५, जापानले १८४, मोजाम्बिकले १९२  स्वीट्जरल्याण्डले १८७ मत पाएका छन् । 

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका विषयमा आवाज उठाउन सहज हुने भएकाले १५ सदस्यीय सुरक्षा परिषद्मा निर्वाचित हुन धेरै देशले त्यसलाई ठूलो उपलब्धि एवम् सफलता मान्ने गरेका छन् ।  

गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि परिषद्ले दुवै देशका कुटनीतिज्ञ एवम् समर्थकहरूलाई भेला गराएर धेरै बैठक गरेको भए पनि शान्तिपूर्ण समाधान गर्न परिषद् असफल भएको छ ।