close

हुइ बनिन् उत्तर कोरियाको पहिलो महिला विदेशमन्त्री

हुइ बनिन् उत्तर कोरियाको पहिलो महिला विदेशमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेश मन्त्रीमा नियुक्त गरिएको छ । 

अनुभवी कूटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेश मन्त्री बन्ने मौका पाएकी हुन् ।

यसअघि उपविदेश मन्त्रीको रुपमा पनि सेवा गरेकी हुइले अहिले रि सोन ग्वोनलाई विस्थापित गरेको अधिकारीहरूले जनाएका छन् ।

कूटनीतिक सेवाबाट आएकी हुइले दुई देशीय वार्ताका क्रममा पनि विगतमा महत्त्वपूर्ण योगदान गरेकी थिइन् । उनलाई अङ्ग्रेजी भाषाको पनि राम्रो ज्ञान छ । 

अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्ष नेताहरूको शिखर बैठकमा पनि उनले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् । 

अन्य देशहरूसँगको विविध वार्ता तथा छलफलहरूमा पनि सहभागी भएको र विदेशी कतिपय कूटनीतिज्ञहरूसँग पनि आफ्नै विशेष सम्बन्ध भएकाले विदेश मन्त्रालयको जिम्मेवारी उनले प्रभावकारी रुपमा निर्वाह गर्न सक्ने अपेक्षा गरिएको छ ।