close

अमेरिकी–चिनियाँ विदेशमन्त्रीबीच एक घन्टा आरोप/प्रत्यारोप : ताइवानलाई हतियार बेचेको भन्दै अमेरिकाको निन्दा

अमेरिकी–चिनियाँ विदेशमन्त्रीबीच एक घन्टा आरोप/प्रत्यारोप : ताइवानलाई हतियार बेचेको भन्दै अमेरिकाको निन्दा

Trulli
ADVERTISEMENT

काठमाडौं । चीनले अमेरिकाले ताइवानलाई आफ्नो देशबाट छुट्याउन प्रयत्न गरे सैन्य शक्ति प्रयोग गर्ने चेतावनी दिएको छ । 

एसियाली सुरक्षा सम्मेलनका क्रममा समकक्षी रक्षा रक्षामन्त्री वे फङ्ख र अमेरिकी समकक्षी लोयड अस्टिनबीच भएको कुराकानीका क्रममा  चिनियाँ विदेशमन्त्रीले सो चेतावनी दिएका हुन् । 

चीनले ताइवनलाई आफ्नो अभिन्न भूमिको रुपमा लिँदै आएको छ । 

सो क्रममा अस्टिनले चिनियाँ सैनिक गतिविधिलाई उत्तेजना र अस्थिरता निम्त्याउने कदमको संज्ञा दिएका थिए । 

त्यसैगरी, रक्षामन्त्री वेले ताइवानलाई हतियार बिक्री गर्ने अमेरिकी कदमको निन्दा गरेका थिए । 

सो क्रममा वेले भनेका थिए, ‘ यदि कसैले ताइवानलाई चीनबाट अलग गर्ने प्रयास गर्छ भने चिनियाँ जनमुक्ति सेनासमक्ष कुनै पनि मूल्यमा लड्नु र स्वतन्त्र हुने ताइवानको प्रयासलाई दमन गर्नु र देशको राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्नुको अरू विकल्प हुँदैन।’

वेको यो अभिव्यक्तिपछि अस्टिनले बल प्रयोग गरेर तनाव हल गर्न खोज्नु नहुनेमा जोड दिएका थिए ।