close

अस्ट्रेलयामा पत्ता लाग्यो प्लास्टिक खाने कीरा

अस्ट्रेलयामा पत्ता लाग्यो प्लास्टिक खाने कीरा

Trulli
ADVERTISEMENT

काठमाडौं । प्लाष्टिक खाने कीरा पत्ता लागेपछि वैज्ञानिकहरू उत्साहित भएका छन् ।

अस्ट्रेलियाका वैज्ञानिकहरूले सुपरवर्मको संज्ञा दिएको जोफोबास मोरियोनामक एक किसिमको खपटेकीराको लार्भा पोलिस्टाइरिन खाएर बाँच्न सक्ने पत्ता लागेसँगै वैज्ञानिकहरू उत्साहित भएका हुन् ।

सो लार्भाको पेटमा विशेष प्रकारको एन्जाइम हुने र सोले प्लास्टिक पचाउन सहयोग गर्ने वैज्ञानिकहरूको भनाइ छ ।

डा. क्रिसका अनुसार सुपरवर्म सानो पुनस्प्रयोग कारखानाजस्तै हो। यसले मुखले पोलिस्टाइरीन टुक्रा पार्ने र पेटमा भएका ब्याक्टेरियालाई खुवाउने गर्छ । बिबिसी