close

बन्दुकसम्बन्धी कडा कानुनको माग गर्ने प्रदर्शनकारीलाई बाइडेनको साथ

बन्दुकसम्बन्धी कडा कानुनको माग गर्ने प्रदर्शनकारीलाई बाइडेनको साथ

Trulli
ADVERTISEMENT

काठमाडौं । अमेरिकामा बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै हजारौँ प्रदर्शनमा उत्रिएका छन् । 

दुईवटा सामूहिक गोली प्रहारपछि ‘म बन्दुकको गोलीबाट स्वतन्त्रता चाहन्छु’जस्ता नाराका साथ बन्दुक नियन्त्रणका लागि कडाइ गर्दै हजारौँ मानिस प्रदर्शनमा उत्रिएका हुन् । 

यस्तै, अमेरिकी राष्ट्रपति जोन बाइडेनले प्रदर्शनकारीको मागलाई समर्थन गर्दै बन्दुक सुरक्षासम्बन्धी कानुन पारित गर्न संसदलाई आह्वान गरेका छन् । 

'आज देशभरका युवा फेरि एक पटक संसद्मा बन्दुक सुरक्षासम्बन्धी कानुन पारित गर्न माग गर्दै छन्। यो मागलाई बहुसङ्ख्यक अमेरिकीले समर्थन गरेका छन्,' उनले ट्वीट गरेका छन्,'म संसद्‌समक्ष केही गर्नुहोस् भन्ने आह्वान दोहोर्‍यान प्रदर्शनकारीहरूको समर्थन गर्छु।'

२४ मे मा टेक्ससको युभाल्डीमास्थित रोब इलिमेन्टरीमा भएको गोलीकाण्डमा परी बालबालिक र दुई शिक्षकको मृत्यु भएको थियो । 

त्यसैगरी, बेफोलो न्युयोर्कमा भएको आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो ।