close

राष्ट्रसङ्घीय महासचिव र इरानी विदेशमन्त्रीबीच फोनवार्ता

राष्ट्रसङ्घीय महासचिव र इरानी विदेशमन्त्रीबीच फोनवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस र इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनका बीच फोनवार्ता भएको छ । उनीहरूका बीचमा यमनमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको संयुक्त राष्टसङ्घीय महासचिव गुटर्रेसका प्रवक्ताले आइतबार विज्ञप्ति प्रकाशन गरेर जानकारी दिए । 

साथै उनीहरूका बीच इरानी आणविक सम्झौतका विषयमा पनि आवश्यक छलफल भएको समाचारमा जनाइएको छ ।

त्यस अवसरमा महासचिव गुटर्रेसले हाल यमनमा जारी रहेको भनिएको शान्ति वार्ताका लागि इरानले गरेको सहयोगका लागि इरानलाई धन्यवाद पनि दिनुभएको समाचारमा जनाइएको छ ।

त्यसैगरी शक्ति राष्ट्रहरूसँगको इरानको आणविक सम्झौताका बारेमा पनि उनीहरूका बीचमा कुराकानी भएको समाचारमा जनाइएको छ ।