close

भारतको उत्तर प्रदेशमा धार्मिक हुलदंगा, ३०० जना पक्राउ

भारतको उत्तर प्रदेशमा धार्मिक हुलदंगा, ३०० जना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतको उत्तर प्रदेशमा मुस्लिम नेताको घर भत्काइएको छ ।

सो राज्यमा धार्मिक प्रदर्शनले उग्र रुप लिएपछि भारतको प्रशासनले मुस्लिम नेताहरूको घर भत्काइदिएको हो । 

भाजपाका पूर्व नेताले इस्लाम धर्मगुरु पैगम्बर मोहम्हदबारे अपमानजनक टिप्पणी गरेपछि मुस्लिम समुदाय आन्दोलित भएको छ । 

प्रशासनले तीन घर भत्काइदिएको छ ।

यस्तै, मुख्यमन्त्री आदित्यनाथका सञ्चार सल्लाहकार मृत्युञ्जय कुमारले एक ट्विट गर्दै अनियन्त्रित तत्त्वहरूलाई याद गर भन्दै शुक्रबारपछि शनिबार आउँछ भनी चेतावनी दिएका छन् । 

प्रदर्शनका क्रममा नेपालको सीमावर्ती राज्य उत्तर प्रदेशमा ३०० जना पक्राउ परेका छन् ।