close

अष्ट्रेलियामा न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि

अष्ट्रेलियामा न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि

Trulli
ADVERTISEMENT

अष्ट्रेलियामा कार्यरत कामदारहरूको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरूको मूल्यहर बृद्धि भएकाले कामदारहरूको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने भएकाले न्यूनतम पारिश्रमिक बृद्धि गरिएको हो । 

स्वतन्त्र कार्य आयोग (एफडब्लुसी)ले बुधबार घोषणा गरेको न्यूनतम पारिश्रमिकअनुसार अष्ट्रेलियामा कार्यरत मजदुरहरूको अबको न्युनतम पारिश्रमिक २१.३८ अष्ट्रेलियन डलर हुने भएको छ । यसअघि न्युनतम पारिश्रमिक २०.३३ अष्ट्रेलियन डलर थियो ।   

हरेक मजदुरले हप्तामा ४० अष्ट्रेलियन डलर थप कमाउन सक्ने पनि आयोगका अधिकारीहरूले जानकारी दिएका छन् । आयोगको यस निर्णयले अष्ट्रेलियाका झण्डै २७ लाख कामदारलाई प्रभावित पार्ने भएको छ। केन्द्रीय सरकार र प्रधानमन्त्री एन्थोनी अल्बानीले यसअघि नै कम्तीमा ५.१ प्रतिशत पारिश्रमिक बृद्धि गर्न आग्रह गरेका थिए । 

तर विभिन्न कर्मचारी सङ्गठनहरूले भने कम्तीमा ५.५ प्रतिशत पारिश्रमिक बृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए । सरकारी पक्ष र कामदार पक्ष दुबैको मागको बिचमा रहेर ५.२ प्रतिशत बृद्धि गर्ने निर्णय आयोगले गरेको छ । 

आयोगका अध्यक्ष आइन रोसले तल्लो तहका कर्मचारीहरूले आफूहरूको पारिश्रमिक अति न्यून भएकाले दैनिकी चलाउनै गाह्रो भएकाले जतिसक्दो धेरै बढाउन आग्रह दबाव दिने गरेको बताए ।