close

युक्रेनमा फसेका हजारौं सर्वसाधारणको उद्धारमा कठिनाई

युक्रेनमा फसेका हजारौं सर्वसाधारणको उद्धारमा कठिनाई

Trulli
ADVERTISEMENT

रुसी आक्रमणको चपेटामा परेको पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क शहरमा हजारौं सर्वसाधारण फसेको र उनीहरूको उद्धारमा कठिनाई देखिएको संयुक्त राष्ट्रसंघले बताएको छ ।

युद्धग्रस्त क्षेत्रमा फसेकाहरूमध्ये अधिकांश अजोत केमिकल कारखानाभित्र रहेको बताइएको छ । युद्धका क्रममा सो शहरलाई जोड्ने सबै पुलहरू ध्वस्त पारिएकाले करिब १२ हजार सर्वसाधारणलाई बाहिर निकाल्न मुस्किल भएको राष्ट्रसंघको भनाइ छ ।

अधिकांश भू-भाग रुसी सेनाको कब्जामा गईसकेको सेभेरोदोनेत्स्कमा खानेपानी र सरसफाइ ठूलो चुनौती देखिएकाले मानिसहरू कतिसम्म पानी विना बाँच्न सक्छन भन्ने चिन्ता बढेको राष्ट्रसंघको मानवीय सहायता कार्यालयका प्रवक्ता सबियानो एब्रुले बताएका छन् । त्यहाँ खाद्यान्न र स्वास्थ्य सामग्रीको पनि अभाव देखिएको पनि उनले बताएका छन् ।

राष्ट्रसंघीय निकायहरूले युद्धग्रस्त क्षेत्रमा फसेका सर्वसाधारणलाई सहयोग गर्ने कोशिस गरे पनि निरन्तरको युद्ध र पहुँच मार्गको अभावमा मुस्किल भईरहेको छ । रुसी सेनाले सर्वसाधारणको उद्धारमा सघाउने आश्वासन दिए पनि अहिलेसम्म बाटो नखुलेको राष्ट्रसंघीय अधिकारीहरूको भनाइ छ ।

त्यहाँस्थित रुस समर्थित पृथकतावादी नेताले युक्रेनी लडाकुहरूले बाटो अवरुद्ध गरेकाले सर्वसाधारणलाई बाहिर पठाउन नसकिएको दावी गरेका छन् ।