close

दिवंगत महारानी एलिजाबेथको आज अन्त्येष्टि गरिँदै

दिवंगत महारानी एलिजाबेथको आज अन्त्येष्टि गरिँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । दिवंगत बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्यष्टि आज हुने भएको छ । महारानी एलिजाबेथको एक घण्टा लामो राजकीय अन्त्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा हुनेछ ।  

विभिन्न देशका विशिष्ट व्यक्तिहरु, बेलायतको शाही परिवार, यसका राजनीतिक अभिजात वर्ग र सेना, न्यायपालिका र परोपकारी संस्थाका सदस्यहरू अन्त्येष्टिमा सामेल हुनेछन् । आज सार्वजनिक बिदा घोषणा गरिएको छ।

महारानी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि चाल्र्स तृतीय बलायतको नयाँ राजा बनेका छन् ।