close

चीनको चाङचुनमा आगलागी हुँदा १७ जनाको मृत्यु

चीनको चाङचुनमा आगलागी हुँदा १७ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

चाङचुन सहरको एउटा भोजनालयमा आगलागी भएको स्थानीय सरकारले जनाएको छ । आगलागी लगत्तै अग्नि नियन्त्रकहरु घटनास्थलमा पुगेका थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण अनुसन्धान भइरहेको छ ।