close

रुसी आक्रमणमा २३ युक्रेनी नागरिकको मृत्यु

रुसी आक्रमणमा २३ युक्रेनी नागरिकको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । युक्रेनले शुक्रबार मस्कोलाई दक्षिणी जापोरिज्जिया क्षेत्रमा नागरिक कारहरूमा  गोली हानेको आरोप लगाएको छ । यसमा परी कम्तीमा २३ सर्वसाधारणको ज्यान गएको बताइएको छ । 

यस आक्रमणमा परी २८ सर्वसाधारण घाइते भएका जापोरिज्जिया क्षेत्रीय गभर्नर ओलेक्जेन्डर स्टारुखले बताए । जापोरिज्जिया रुसी कब्जामा रहेको क्षेत्रका क्रेमलिन समर्थक अधिकारीले किभलाई दोष दिए र आक्रमणको पछाडि रुसी सेनाको हात रहेको अस्वीकार गरेका छन् । 

भ्लादिमिर रोगोभले सामाजिक सञ्जालमा युक्रेनी सेनालाई ‘आतङ्कवादी कार्य’ गरेको आरोप लगाउँदै भने, “किभको शासनले रुसी सेनाले गरेको गोलाबारीलाई जघन्य उत्तेजनाको रूपमा चित्रण गर्ने प्रयास गरिरहेको छ ।’