close

ट्युसन सेन्टरमा विष्फोट हुँदा १९ जनाको मृत्यु

ट्युसन सेन्टरमा विष्फोट हुँदा १९ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित एक ट्युसन सेन्टरमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ।

आक्रमणमा अधिकांश महिला, विद्यार्थी, प्रहरी र प्रत्यक्षदर्शी छन् । सहरको पश्चिममा रहेको दस्त–ए–बर्ची क्षेत्रमा रहेको काज शिक्षा केन्द्रमा भएको झडपमा अन्य ३० जना घाइते भएका छन्। बम हमला हुँदा विद्यार्थीले परीक्षा दिइरहेका थिए। आक्रमणको कुनै समूहले लिएको छैन्।

आक्रमण भएको क्षेत्रमा अल्पसंख्यक हजराजको बाहुल्यता छ, जसलाई बारम्बार इस्लामिक स्टेट (आइएस) लडाकुले निशाना बनाइरहेका छन् ।