close

भारतले बनायो ‘प्रचण्ड हेलिकप्टर’

भारतले बनायो ‘प्रचण्ड हेलिकप्टर’

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतले आफ्नै देशमा लडाकु हेलिकप्टर निर्माण गरी सोमबार भारतीय वायु सेनामा सामेल गरेको छ । 

दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकप्टरको नाम ‘प्रचण्ड’ राखिएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका छन् । भारतीय वायु सेनाका अध्यक्ष एयर चिफ मार्शल विवेक राम चौधरीले उक्त हेलिकप्टर अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध लडाकु हेलिकप्टर सरह रहेको बताएका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले प्रचण्ड हेलिकप्टरले स्थल र वायु सेना दुवैको आवश्यकता पूर्ति गर्ने बताएका छन् ।