close

डुंगा दुर्घटना हुँदा ७६ जनाको निधन

डुंगा दुर्घटना हुँदा ७६ जनाको निधन

Trulli
ADVERTISEMENT

नाइजेरिया । दक्षिणपूर्वी राज्य अनाम्ब्रामा ८० जना सवार डुंगा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । राष्ट्रपति मुहम्मदु बुहारीले उक्त दुःखद दुर्घटनाका पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।  उनले देशको जल यातायात प्रणालीमा सुरक्षा उपायहरूको समीक्षा गर्न पनि आदेश दिएका छन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार डुंगा पल्टनुअघि ओग्बाकुबाको न्क्वो बजारतर्फ बढिरहेको थियो । डुंगाको इन्जिन फेल भएको थियो र पल्टिनु अघि एउटा पुलमा ठोक्किएको बताइएको छ ।