close

पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन

पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ । उनी समाजवादी पार्टीका संस्थापक नेता हुन् । उनको ८२ वर्षको उमेरमा निधन भएको समाजवादी पार्टीले पुष्टि गरेको छ ।

हरियाणाको गुरुग्राममा रहेको मेदान्त अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका उनले ३ पटक प्रदेशको नेतृत्व गरेका थिए ।

उनी संघीय सरकारको पूर्वरक्षामन्त्रीसमेत हुन् । उनको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।