close

एकैदिन तीस हजार कोरोना संक्रमित थप

एकैदिन तीस हजार कोरोना संक्रमित थप

Trulli
ADVERTISEMENT

एजेन्सी । दक्षिण कोरियामा अहिले पनि दैनिक ३० हजारजना भन्दा बढी कोरोना भाइरसका संक्रमित देखिने गरेका अधिकारीहरूले जनाएका छन् । यहाँ मङ्गलबार मध्यरातिको तथ्याङ्कअनुसार ३० हजार ५३५ जनामा सङ्क्रमण देखिएको हो ।

अघिल्लो २४ घन्टामा यहाँ त्यो सङ्ख्यामा संक्रमित देखिएका यहाँका स्वास्थ्य अधिकारीहरूले समाचारमा जनाएका छन् । यहाँ अघिल्लो दिन अर्थात् सोमबारका तुलनामा १५ हजारभन्दा बढी संक्रमित थपिएका हुन् । तर, अघिल्लो हप्ता यहाँ ३४ हजार भन्दा बढी संक्रमित देखिने गरेकामा एक दिनमा थपिएकामा त्यो भन्दा कम देखिएको बताइएको छ ।

गत हप्ता यहाँ दैनिक २० हजारको हाराहारीमा संक्रमितहरू देखिने गरेका थिए । त्यसका तुलनामा अहिले पुनः संक्रमितहरू बढ्न थालेका पनि स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

यहाँ पछिल्ला दुई दिनमा १५ जना संक्रमितको ज्यान गएको छ । यो समेतगरी यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २७ हजार ७२३  पुगेको छ ।
 
कारोना भाइरसको सङ्क्रमण सुरु भएदेखि यहाँ दुई करोड ५० लाखभन्दा बढी नागरिकमा सङ्क्रमण भएको बताइएको छ ।