close

नाइजेरियाको बाढीमा कम्तीमा ५०० जनाको मृत्यु

नाइजेरियाको बाढीमा कम्तीमा ५०० जनाको मृत्यु

Trulli
ADVERTISEMENT

एजेन्सी । नाइजेरियामा बाढीमा परेर करिब ५०० जनाको मृत्यु भएको छ ।

वर्षा मौसममा आएको बाढीपहिरोमा अन्य १४ लाख मानिस विस्थापित भएका छन् । भारी वर्षा र कमजोर पूर्वाधारको कारणले गर्दा आएको बाढीले अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको देश स्पार्किनको ठूलो भागलाई असर गरेको छ । जारी संकटले  खाद्य असुरक्षा र मुद्रास्फीतिलाई अझ खराब बनाउने अनुमान गरिएको छ ।

नाइजेरियाको मानवीय मामिला मन्त्रालयले भनेको छ, ‘वर्षापछिको बाढीपहिरोका कारण १४ लाख मानिस विस्थापित भएका छन भने करिब ५०० व्यक्तिको मृत्यु भएको रिपोर्ट गरिएको छ ।’