close

दक्षिण कोरियामा भागदौडमा परी ज्यान गुमाउनेको संख्या १५१ पुग्यो

दक्षिण कोरियामा भागदौडमा परी ज्यान गुमाउनेको संख्या १५१ पुग्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । सियोलमा शनिबार राति ह्यालोविन कार्यक्रममा भएको भागदौडमा १५१ जनाको मृत्यु भएको छ । 

राजधानीको साँघुरो गल्लीहरूमा हेलोवीन मनाइरहँदा हजारौंको सहभागी थियो । सहभागीमध्ये अधिकांश युवा र विद्यार्थी थिए । ज्यान गुमाउनेमध्ये १९ जना विदेशी नागरिक पनि रहेका छन् । ३ सय ५५ जना हराइरहेका भन्दै आफन्तले सिओल महानगरमा गुनासा टिपाएका पनि खबरमा उल्लेख छ । 

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडोले दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

त्यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै पीडितको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

सयौँपसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख मानिसको भीड जम्मा भएको थियो । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सबमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति रहेको थियो ।